Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

बिहिवार , माघ १५, २०८२

एजेन्सी । कोलम्बियाको उत्तरी क्षेत्र नोर्टे डे सान्तान्डर प्रान्तको ग्रामीण क्षेत्रमा विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको छ ।

सरकारी एयरलाइन्स कम्पनी साटेना यो उडान सञ्चालन गर्ने कम्पनी हो ।

कम्पनीले घटनास्थलमा उद्धार टोली पठाइएको बताएको छ । सानो विमानमा दुई चालक दलका सदस्य र १३ यात्रु सवार थिए ।

विमान एचके ४७०९ उडान स्थानीय समयअनुसार बुधबार बिहान ११ः४२ मा राजधानी कुकुटाबाट ओकाना प्रस्थान गरेको थियो । ओकाना पहाडहरूले घेरिएको स्थान हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077