Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

अमेरिकामा दमकलसंग ठोक्किएर एयर क्यानडाको विमान दुर्घटना, दुई पाइलटको मृत्यु

सोमवार , चैत्र ९, २०८२

एजेन्सी। अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा एयर क्यानडाको एक विमान दुर्घटना भएको छ । 

दमकलसँग ठोक्किएर विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आइतबार राति भएको उक्त दुर्घटनामा परी चार जना अग्नि-नियन्त्रकहरू गम्भीर घाइते भएका छन्।

क्यानडाको मोन्ट्रियलबाट न्यूयोर्क पुगेको ‘एयर क्यानडा एक्सप्रेस’ को जहाजले धावनमार्गमा गुडिरहेको पोर्ट अथोरिटीको ’एयरक्राफ्ट रेस्क्यु एन्ड फायरफाइटिङ’ सवारी साधनलाई ठक्कर दिएको थियो । उक्त दमकल अर्कै एउटा घटनाको उद्धारका लागि जाँदै थियो।

दुर्घटना लगत्तै विमानस्थलका आपतकालीन उद्धार टोलीहरूले धावनमार्गमा पुगेर उद्धार कार्य सुरु गरेका थिए। विमानमा १०० जना यात्रु सवार थिए।

४१ यात्रु र चालक दलका सदस्यहरूलाई अस्पताल लगिएको छ। उपचारपछि हालसम्म ३२ जनालाई डिस्चार्ज गरिएको छ। 

 ठक्करका कारण विमानको अगाडिको भाग (नोज सेक्सन)मा क्षति पुगेको छ भने विमान केही कोल्टिएको अवस्थामा देखिएको छ।

दुर्घटनापछि अमेरिकाको संघीय उड्डयन निकायले ला गार्डिया विमानस्थल सोमबार दिउँसो २ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरेको छ ।

सोमबार बिहानसम्म ४०० भन्दा बढी उडानहरू रद्द भइसकेका छन्। उक्त विमानस्थल दैनिक करिब ९०० उडान र अवतरण हुने गर्छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077