काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्यान्ड होटलमा भएको आगलागी नियन्त्रणमा आएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बिहान १०ः१५ बजे होटल उडल्याण्डको माथिल्लो तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको थियो ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिकासहित नेपाल प्रहरीका पाँचवटा दमकल परिचालन गरिएका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी पनि खटिएका थिए ।
आगो केहीबेरअघि नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीबाट होटल पूर्णरुपमा जलेको छ भने क्षतिको विवरण आउन बाँकी छ ।