Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डेढ लाख घुसको रकमसहित बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको फन्दामा

डेढ लाख घुसको रकमसहित बारबर्दिया नगरपालिकाका इन्जिनियर अख्तियारको फन्दामा

बिहिवार , माघ १५, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहनदेव मल्ललाई १ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत मल्ललाई आयोगको कार्यालय बुटवल तथा सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नगरपालिका–७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरको भवन निर्माणसम्बन्धी अन्तिम बिल भुक्तानी सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागिएको सूचना तथा उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको हो।

अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ,'...खटिएको टोलीले निज इन्जिनियर मोहनदेव मल्ललाई सेवाग्राहीबाट रु। १,५०,००० (एक लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखाबाट मिति २०८२।१०।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।'

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077