Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिराहामा खेतमै गोली हानी प्रेमनाथको हत्या

सिराहामा खेतमै गोली हानी प्रेमनाथको हत्या

शुक्रवार , माघ १६, २०८२

सिराहा । सिराहामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। सिराहा नगरपालिका–१ का ४१ वर्षीय प्रेमनाथ यादवलाई शुक्रबार दिउँसो गोली हानी हत्या गरिएको हो।

प्रहरीका अनुसार यादव सिराहा–७ स्थित आफ्नै खेतमा काम गरिरहेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। घटनास्थल हुलाकी राजमार्गबाट करिब एक किलोमिटर उत्तरतर्फ पर्छ।

गोली प्रहारको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली पुग्दा यादवको घटनास्थलमै मृत्यु भइसकेको एसपी पाठकले जानकारी दिए।

हालसम्म गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छैन। घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ भने संलग्न व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077