Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्टन्ट र चटकले होइन, सिस्टमले देश सुध्रिन्छ : सभापति थापा

स्टन्ट र चटकले होइन, सिस्टमले देश सुध्रिन्छ : सभापति थापा

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्टन्ट, जादु वा चटक देखाएर देशको प्रणाली सुधार गर्न नसकिने स्पष्ट पारेका छन्।

विगतमा आफू निर्वाचित हुँदै आएको काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार आयोजित निर्वाचन परिचालन समितिको कार्यक्रममा बोल्दै सभापति थापाले प्रणाली सुधारका लागि संस्थागत र कानुनी बाटो नै आवश्यक रहेको बताएका हुन्।

उनले सार्वजनिक संस्था र निकायमा हुने आर्थिक कारोबार पारदर्शी र भ्रष्टाचारमुक्त हुनुपर्नेमा सबैको सहमति रहे पनि त्यसका लागि ‘डण्डा बोकेर हिँड्ने, स्टन्ट देखाउने वा जादु गर्ने’ शैली प्रभावकारी नहुने बताए।

'हाम्रा सार्वजनिक संस्था र निकायबाट हुने कारोबारमा कुनै पनि आर्थिक लेनदेन नहोस् भन्ने कुरा हामी सबै चाहन्छौँ,' थापाले भने, 'तर म जादु गर्छु, चटक देखाउँछु, स्टन्ट गर्छु भनेर हुँदैन। त्यसका लागि बलियो सिस्टम बनाउनुपर्छ।'

सभापति थापाले ठिक कानुन निर्माण, स्पष्ट प्रक्रिया र संस्थागत सुधारमार्फत मात्रै सुशासन सम्भव हुने तर्क गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077