संखुवासभा । संखुवासभामा खुकुरी प्रहार गरेर एक जनाको भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार चैनपुर नगरपालिका–१० स्थित इखम्बु निवासी ४७ वर्षीय लिलाप्रसाद राईको हत्या भएको हो ।
शनिबार दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको घटनास्थलमै मृत्यु भएको हो।
गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गरेको बताइएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ। खुकुरी प्रहार गर्ने शिवकुमारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
मृतकको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।