Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ जनाको मृत्यु

युक्रेनमा रुसको भीषण ड्रोन आक्रमण, १२ जनाको मृत्यु

सोमवार , माघ १९, २०८२

एजेन्सी । युक्रेनको निप्रो सहरमा खानी मजदुर बोकेको बसलाई लक्षित गरी रुसले गरेको ड्रोन आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

युक्रेनी आपत्कालीन सेवाका अनुसार आइतबार भएको यस आक्रमणमा अन्य सातजना घाइते भएका छन् । आक्रमणपछि बसमा लागेको आगोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । 

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईके उक्त बस आफ्नो भएको पुष्टि गरेको छ ।

डीटीईकेले रुसमाथि निप्रोपेत्रोभ्स्क क्षेत्रमा रहेका आफ्ना खानीहरूमा ‘ठूलो परिमाणमा आतंकवादी हमला’ गरेको आरोप लगाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077