Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

देश छोड्ने प्रयासमा रहेका युक्रेनका पूर्व ऊर्जामन्त्री हलुश्चेन्को पक्राउ

देश छोड्ने प्रयासमा रहेका युक्रेनका पूर्व ऊर्जामन्त्री हलुश्चेन्को पक्राउ

सोमवार , फाल्गुण ४, २०८२

एजेन्सी । युक्रेनका अधिकारीहरूले देश छोड्ने प्रयास गरिरहेका पूर्व ऊर्जा मन्त्री जर्मन हलुश्चेन्को लाई नियन्त्रणमा लिएको बताएका छन् ।

अधिकारीहरूका अनुसार हलुश्चेन्को युक्रेनबाट बाहिरिने तयारीमा रहेको रेलमा पक्राउ परेका हुन्।

उनी कुन देशतर्फ जाँदै थिए भन्ने विषयमा भने हालसम्म आधिकारिक रूपमा खुलाइएको छैन।

हलुश्चेन्कोको नाम गत वर्ष सार्वजनिक भएको करिब १० करोड अमेरिकी डलर बराबरको ठूलो भ्रष्टाचार प्रकरणसँग जोडिएको थियो।

उक्त प्रकरण सार्वजनिक भएपछि उनलाई मन्त्री पदबाट हटाइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077