Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

मंगलवार , जेठ १२, २०८३

एजेन्सी । रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ । 

रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरु गरिरहेको रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्‍याएमा मध्य किएभमा ठूलो आक्रमण गर्ने धम्की रुसले यसअघि दिएको थियो ।

रुसले यस महिनाको सुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो । 

रुसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको ज्यान जानुकासाथै धेरै जना घाइते भएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077