Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गाजामा ७० हजार प्यालेस्टिनी मारिएको दाबी

गाजामा ७० हजार प्यालेस्टिनी मारिएको दाबी

सोमवार , माघ १९, २०८२

एजेन्सी । इजरायली सेनाले गाजा युद्धमा हालसम्म करिब ७० हजार प्यालेस्टिनी मारिएको स्वीकार गरेको छ ।

इजरायली पत्रकारहरूसँगको ब्रिफिङका क्रममा सैन्य अधिकारीहरूले गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको संख्या धेरै हदसम्म सही रहेको बताएका छन् । 

सीएनएनका अनुसार यसअघि इजरायलले उक्त मन्त्रालय हमासद्वारा नियन्त्रित रहेको भन्दै तथ्यांकप्रति शंका व्यक्त गर्दै आएको थियो ।

इजरायली पत्रिका ‘येदिओथ अहरोनोथ’ले बिहीबार सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, 'हाम्रो अनुमानमा युद्धमा करिब ७० हजार गाजावासी मारिएका छन्, जसमा बेपत्ता भएकाहरूको संख्या समावेश छैन ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077