Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी, ३ जना पक्राउ

चितवनमा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी, ३ जना पक्राउ

सोमवार , माघ १९, २०८२

चितवन । चितवनमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकबीच घम्साघम्सी भएको छ ।

सोमबार प्रसाईँ कार्यक्रमका लागि चितवनको भरतपुर पुगेका थिए । प्रसाईँको समूहले भरतपुरको साझा बसपार्कबाट चौबिसकोठीसम्म पुग्ने भन्दै प्रशासनसँग अनुमति लिएको थियो । शान्तिपूर्ण रुपमा र्‍याली गर्ने भनिए पनि सडकमै सभा गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेपछि प्रसाईंका समर्थकसंग घम्साघम्सी भएको हो ।

 सो क्रममा तीन जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

त्यहाँ सयौँको संख्यामा प्रसाईँका समर्थकहरु निस्किएका थिए । उनीहरुले शान्तिपूर्ण र्‍यालीका लागि अनुमति लिए पनि सर्वसाधारणलाई असर गर्नेगरी बाटो नै छेक्न थालेपछि प्रहरीले हटाउन खोज्दा धकेलाधकेलको अवस्था सिर्जना समेत भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077