Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मालपोत घुस प्रकरणमा सरकारी साक्षी बसेका दुई जनाविरुद्ध मुद्दा दायर

मालपोत घुस प्रकरणमा सरकारी साक्षी बसेका दुई जनाविरुद्ध मुद्दा दायर

बिहिवार , माघ २२, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतले घुस लिएको प्रकरणमा सरकारी साक्षी बसेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बसेका तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको आयोगले जनाएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-४ निवासी तामाङद्वयले आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयानविपरीत विशेष अदालतमा बकपत्र गरेको ठहर आयोगले गरेको छ।

साविक चाँगुनारायण गाविस-५ ख, कित्ता नम्बर २८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारी सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको तथ्य पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077