Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जितबाट नेपाल चुकेपछि प्रधानमन्त्री कार्कीले भनिन् - प्रदर्शन तारिफयोग्य, आशा बाँकी छ

इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जितबाट नेपाल चुकेपछि प्रधानमन्त्री कार्कीले भनिन् - प्रदर्शन तारिफयोग्य, आशा बाँकी छ

आइतवार , माघ २५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा नेपाली टोलीले देखाएको प्रदर्शन तारिफयोग्य रहेको बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले जित–हार खेलको नियम भएको उल्लेख गर्दै नेपाली टोलीले खेलमा देखाएको लडाइँ र आत्मविश्वास नै महत्वपूर्ण भएको टिप्पणी गरेकी हुन् ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपालले जित निकाल्न सकेन ।

तर, खेलको नतिजाभन्दा पनि नेपाली टोलीले देखाएको प्रदर्शन र प्रतिस्पर्धात्मक खेलले आशा जगाएको प्रधानमन्त्री कार्कीको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले भनेकी छिन्, 'जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौं, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ।'

प्रधानमन्त्री कार्कीले खेल बालुवाटारस्थित आफ्नै निवासबाट प्रत्यक्ष रूपमा हेरेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077