Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

ललितपुरमा बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

सोमवार , माघ २६, २०८२

काठमाडौं । ललितपुरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना गोदावरी नगरपालिका–११, टाखेल क्षेत्रमा सोमबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा।प्र ०१–००४ क १५४८ नम्बरको बस र बा.प्र ०२–०५५ प ४२३९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–११ निवासी १९ वर्षीय सौगात गोलेको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077