Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा प्रहरी हवल्दारको हत्या

दार्चुलामा प्रहरी हवल्दारको हत्या

मंगलवार , माघ २७, २०८२

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार बिहान दार्चुलाको बंगाबर क्षेत्रमा उनको शव भेटिएको हो ।

एक बियरबार रहेको घरको पछाडिपट्टि घर्तीको शव फेला परेको दार्चुला प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । उनी सामुदायिक प्रहरी केन्द्रमा कार्यरत थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077