Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका आईजीपी अर्यालको निर्देशन- निर्वाचनका बेला आदेशको पर्खाइमा नबस्नु, तत्काल परिचालन हुनु

सशस्त्रका आईजीपी अर्यालको निर्देशन- निर्वाचनका बेला आदेशको पर्खाइमा नबस्नु, तत्काल परिचालन हुनु

बुधवार , माघ २८, २०८२

पोखरा। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहतका निकायलाई निर्वाचनको समयमा सहयोग आवश्यक परेमा तत्काल खटिन निर्देशन दिएका छन् । 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले निर्वाचनमा उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा खटिन र नेपाली सेना, नेपाल प्रहरी र निर्वाचन कर्मचारीहरूलाई थप मद्दत र सहयोग आवश्यक परेमा आदेशविना नै तत्काल परिचालित हुन र पछि मुख्यालयमा जानकारी गराउन देशैभरका युनिटलाई निर्देशन दिएका हुन् । 

महानिरीक्षक अर्यालले भने- आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो 

उनले बुधबार लुम्बिनी प्रदेशमा समेत निर्वाचन तयारीबारे स्थलगत भ्रमण, अनुगमन तथा जानकारी लिएका छन् । 

यस्तै मंगलबार महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीहरूलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनु पर्नेमा जोड दिएका थिए । सोही दिन उनले स्याङ्जा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल नेपालका युनिटहरू पुगेर निर्वाचन सुरक्षा बारे जानकारी लिएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077