काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
झापा बसाई सकेर हेलिकप्टरमार्फत काठमाडौं आउन लागेका पूर्वराजा शाहको स्वागतका लागि प्रसाईँ विमानस्थल पुगेका हुन् ।
त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म ज्ञानेन्द्रलाई भव्य स्वागत गर्ने तयारी गरिएसँगै हुनसक्ने सुरक्षा चुनौतीलाई लिएर सरकारले विमानस्थल परिसरमा निषेधाज्ञा समेत जारी गरेको छ ।
तर राजावादी दलका कार्यकर्ता र ज्ञानेन्द्रका समर्थकहरु समेत विमानस्थल परिसरमा जम्मा भएका छन्
प्रसाईँ समर्थकहरूलाई बाहिरै राखेर आफू मात्रै भित्र प्रवेश गरेको स्रोतले जनाइएको छ।
यद्यपि विमानस्थलदेखि गन्तव्य स्थलसम्मको मार्गमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने काठमाडौंका विभिन्न चोक-चोकमा पनि सुरक्षा उपस्थिति बाक्लो बनाइएको छ।
पूर्वराजा ज्ञानेन्द्र चार महिनाअघि पारिवारिक भेटघाटका लागि झापा पुगेका थिए । आज झापाबाट काठमाडौंका लागि कैलाश एयरको हेलिकप्टर चढिसकेका छन् ।