Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बनेपछि गर्ने कामको सूची तयार छ, पाँच वर्षको रोडम्याप अध्ययनसहित तयार पारिसक्यौं : गगन थापा

प्रधानमन्त्री बनेपछि गर्ने कामको सूची तयार छ, पाँच वर्षको रोडम्याप अध्ययनसहित तयार पारिसक्यौं : गगन थापा

शुक्रवार , फाल्गुण १, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बनेपछि गर्ने कामको विस्तृत योजना र सूची तयार पारिसकेकोबताएका छन्।

सर्लाहीको धनकौलमा शुक्रबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशको नेतृत्व गर्ने अवसर पाएमा तत्काल कार्यान्वयन गर्न सकिने गरी ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार भइसकेको दाबी गरे।

थापाले सर्लाहीका स्थानीय समस्या समाधानलाई प्राथमिकता दिँदै कांग्रेसको संकल्पपत्र (घोषणापत्र) मा सर्लाहीका मुद्दा समेटिनेस्पष्ट पारे। उनले भने, ‘सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा समेटिन्छन्।’

सभापति थापाले मतदातासँग सर्लाही मात्र होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गर्दै आफूले देश चलाउने तयारी गरिसकेको बताए।

‘सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिनुस्,’ उनले भने।

उनका अनुसार प्रधानमन्त्री बनेपछि के गर्ने भन्ने विषयमा कांग्रेसले पाँच वर्षभित्र गर्ने कामको विस्तृत अध्ययन र अनुसन्धान पूरा गरिसकेको छ।

थापाले भने, ‘प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077