काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् ।
शनिबार सम्पन्न ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमबाट प्रतिस्पर्धा गरेकी थापाले उत्कृष्ट प्रस्तुति दिँदै उपाधि हात पारिन् ।
थापा मगर ‘द भ्वाइस अफ नेपाल’को इतिहासमा उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बनेकी छन् ।
यसैगरी, कोच खेम सेन्चुरीको टिमका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भएका छन् ।
ग्रान्ड फिनाले कार्यक्रममा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।