Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

छानबिनमा रहेकी डीएसपी नै अख्तियारमा कार्यरत

छानबिनमा रहेकी डीएसपी नै अख्तियारमा कार्यरत

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । अनियमितताको आरोपमा छानबिनमा रहेकी नेपाल प्रहरीकी नायब उपरीक्षक (डीएसपी) नै भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेको खुलेको छ ।

डीएसपी सुभद्रा वाइबा आयोगमा कार्यरत छिन् । उनीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

स्रोतका अनुसार इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा उनले गरेका अनियमितताको विषयमा छानबिन चलिरहेको छ । उनले विभिन्न निकायबाट अफिसकै लेटरप्याडमा सामानहरु सहयोग मागेकी थिइन् ।

ती सामान अफिसको रेकर्डमा नराखी उनले घरमै लगेको छानबिनबाट पुष्टि भइसकेको छ । जुन विषयमा प्रधान कार्यालयले थप छानबिनका लागि आयोगलाई नै पत्राचार गर्ने तयारी गरेको छ ।

तर, उनी आफैं आयोगमा कार्यरत रहेपछि स्वार्थको द्वन्द्व हुने अवस्था देखिएको छ । त्यसो त उनी सिमराबाट कारबाहीस्वरुप गत जेठमा हटाइएकी थिइन् ।

जितपुर सिमरा उपमहानगरपालिकासँग इन्धनको कुपन मागेकोमा १० लिटरको मात्र दिएको भन्दै कुपन च्यातेर झगडा गरेकी थिइन् ।

यो लगायत धेरै घटनामा उनको शंकास्पद गतिविधि देखिएपछि प्रधान कार्यालयले उनलाई हटाएको थियो। पछि प्रहरी प्रधान कार्यालयबाट उनी सोर्सफोर्स लगाएर अख्तियार पुगेकी हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077