Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन् - वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरौँ

विश्वप्रकाश शर्मा भन्छन् - वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गरौँ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्।

बुधबार जनकपुरधाममा पार्टीले आयोजना गरेको प्रतिज्ञासभालाई सम्बोधन गर्दै शर्माले ०८४ मा हुनुपर्ने निर्वाचन ०८२ मै किन हुन लागेको होरु भन्ने विषयमा स्पष्टता आवश्यक रहेको उल्लेख गरे ।

उनले अहिलेको विषम परिस्थितिमा कसलाई जिताउने भन्नेभन्दा पनि मुलुकलाई कसले सम्हाल्न सक्छ भन्ने मूल प्रश्न रहेको बताए।

मधेसलाई देशको अन्नको भण्डारका रूपमा व्याख्या गर्दै शर्माले मधेसका किसानप्रति आभार व्यक्त गर्दै भने, ‘यो मधेस हामी सबै नेपालीको पेटमा अन्न पुर्‍याउने उर्वर भूमि हो । मधेसका सबै आदरणीय किसान र किसानको पसिना तथा किसानले उत्पादन गरेको अन्नको एक-एक दानाप्रति हामी कृतज्ञ छौँ ।’

शर्माले देश र मधेस दुवै पीडामा रहेको उल्लेख गर्दै त्यसको समाधान खोज्न राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए ।

कांग्रेस विशेष महाधिवेशनमार्फत रुपान्तरण भएर आएको दाबी गर्दै उनले पहाड, तराई र हिमालका विभिन्न क्षेत्रमा देखिएका समस्याको समाधानको प्रतिज्ञा गर्न मधेस आएको बताए ।

उनले भने, ‘अहिले देशलाई दुखिरहेको छ, मधेसलाई दुखिरहेको छ। यो बेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन। यो विषम परिस्थितिमा मुलुकलाई कसले सम्हाल्न सक्छ भन्ने मूल प्रश्न हो ।’

शर्माले विशेष महाधिवेशनलाई ‘एमआरआई’ को संज्ञा दिँदै कांग्रेसले देशभर देखिएका समस्याको पहिचान गरेर समाधानको बाटो खोज्दै प्रतिज्ञा गर्न मधेस आएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077