Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्मा भन्छन् - भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ

विश्वप्रकाश शर्मा भन्छन् - भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ

बिहिवार , फाल्गुण २१, २०८२

झापा । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर १ बाट मतदान गरेका छन्।

पूर्व सांसदसमेत रहेका शर्माले मेचीनगर–९ स्थित कविशिरोमणी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट बिहीबार बिहान साढे ७ बजे मत खसालेका हुन्।


मतदानपछि उनले लोकतन्त्रको अभ्यासमा सक्रिय सहभागिताका लागि सबै मतदातालाई आह्वान गरे। 'बिहानै मतदान गरियो। यो लोकतन्त्रको सबैभन्दा सुन्दर अभ्यास हो। म अपेक्षा गर्दछु—जति पनि मतदाता हुनुहुन्छ, सम्भव भएसम्म आफ्नो विवेक प्रयोग गर्नुहुनेछ। आवेगमुक्त भएर अबको देशको समाधानका लागि निर्णय दिनुहुनेछ,' उनले भने।

शर्माले आफूले नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रूख’मा मतदान गरेको उल्लेख गर्दै पार्टी सबैभन्दा ठूलो दलका रूपमा विजयी हुने दाबी गरे।

'म नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा मतदान गरिरहँदा निश्चय नै रूखमा मतदान गरेको छु। अपेक्षा गर्दछु, नेपाली कांग्रेस निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्छ,' उनले भने।

निर्वाचन अभियानका क्रममा सातै प्रदेशका करिब ४०–४५ जिल्लामा पुगेको अनुभव सुनाउँदै उनले कांग्रेसको पक्षमा सकारात्मक माहोल देखिएको प्रतिक्रिया दिए।

'सुदूरपश्चिमको डोल्पादेखि सुदूरपूर्वसम्म, मनाङदेखि मधेसको महोत्तरीसम्म कांग्रेसको पक्षमा माहोल देखिएको छ,' उनले थपे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077