Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको पार्टीले मन्दिर नै भत्काउन थाल्यो : विश्वप्रकाश शर्मा

मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको पार्टीले मन्दिर नै भत्काउन थाल्यो : विश्वप्रकाश शर्मा

शनिवार , बैशाख २६, २०८३

कैलाली ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकारका गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै लोकतन्त्र र संविधानविपरीत कदम चालिएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति शर्माले सुकुम्बासी र भूमिहीनमाथि सरकारले दमन गरिरहेको बताए ।

‘सरकार अहिले अनियन्त्रित भएर टहरा भत्काइरहेको छ,’ उनले भने, ‘मन्दिरको घण्टी बजाउँदै सरकारमा गएको सरकारले अहिले मन्दिर र घण्टी नै भत्काइरहेको छ ।’

उनले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नगरी बल प्रयोगको शैली अपनाइनु गलत भएको टिप्पणी गरे ।

शर्माले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयले समेत सरकारको नियतमाथि प्रश्न उठाएको बताए । सरकारका सकारात्मक काममा कांग्रेसको समर्थन रहने भए पनि संविधान र लोकतान्त्रिक मूल्यविपरीतका गतिविधिमा भने कांग्रेस मौन नबस्ने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077