Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाको जनलहरबीच विश्वप्रकाश शर्माले भने - मतदाताको फैसला स्वीकार्य

रास्वपाको जनलहरबीच विश्वप्रकाश शर्माले भने - मतदाताको फैसला स्वीकार्य

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा मतदाताले दिएको निर्णय स्वीकार्य रहेको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै शर्माले लोकतान्त्रिक प्रक्रियाबाट आएको जनमतलाई सम्मान गर्नुपर्ने उल्लेख गरेका हुन् ।

उनले सशस्त्र संघर्षबाट राजनीतिमा आएको पुष्पकमल दाहाल नेतृत्वको माओवादीलाई जस्तै संयमका साथ अब मतपत्रबाट उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि स्वागत गर्नुपर्ने बताएका छन्।

शर्माले लेखेका छन्, 'मतदाताको फैसला स्वीकार्य छ। बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत। ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन। चर्को आशा अर्को निराशामा बदलिन नदिने गरी देशका मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।'

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उल्लेखनीय जनसमर्थन देखिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077