Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आवेग र उत्तेजनामा होइन, विवेकका आधारमा मतदान गर्नू : विश्वप्रकाश शर्मा

आवेग र उत्तेजनामा होइन, विवेकका आधारमा मतदान गर्नू : विश्वप्रकाश शर्मा

शुक्रवार , फाल्गुण ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदातालाई आवेग र उत्तेजनामा होइन, प्रश्न र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्।

पाँचथरको राँके, सोलुखुम्बुको सोताङ र इलामको फिक्कलमा आयोजित सभालाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन् ।

उनले भने,'देश आवेगले बन्दैन, विवेकले बन्छ। ‘चुपचाप यो छाप, त्यो छाप’ भन्ने नारा अब स्वीकार्य हुँदैन। मतदाताले दल र उम्मेदवारलाई प्रश्न गर्नुपर्छ, जबाफ माग्नुपर्छ।'

राँकेमा आयोजित सभामा शर्माले राजनीतिक दलहरूले जनविश्वास गुमाएको स्वीकार गर्दै अब व्यवहारमा परिवर्तन देखाउनुपर्ने बताए। उनले युवापुस्ताको अपेक्षा सम्बोधन नगरे दलहरू कमजोर बन्ने चेतावनी दिए।

सोताङमा उनले जेनजी पुस्ताको असन्तुष्टिलाई गम्भीर रूपमा लिनुपर्ने बताए। 'सामाजिक सञ्जालमा आक्रोश पोखेर मात्र समाधान हुँदैन, राजनीतिक संस्कारमै सुधार चाहिन्छ,' उनले भने।

फिक्कलको सभामा उनले भने, 'उत्तेजना र आवेगमा उम्मेदवार हुन सक्छन्, तर देश निर्माण धैर्य, नीतिगत स्पष्टता र जिम्मेवारीले हुन्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077