Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा माग्दै सिराहामा सडक बन्द, हत्यारा पक्राउ गर्न नसकेको आरोप

गृहमन्त्रीको राजीनामा माग्दै सिराहामा सडक बन्द, हत्यारा पक्राउ गर्न नसकेको आरोप

बिहिवार , फाल्गुण ७, २०८२

जनकपुरधाम । इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको ४ दिनसम्म हत्यारा पक्राउ नपरेपछि पीडितहरुले सिरहामा सडक जाम गरेर आन्दोलन गरिरहेका छन् । 

यादवको गृहजिल्लामा स्थानीयले धनगढीमाई बजारमा चक्काजाम गरेका हुन् । उनीहरूले महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारे । 

उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको छानबिन गर्न तथा दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

प्रदर्शनकारीले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । 

आन्दोलनकारीहरुले न्याय नपाए थप आन्दोलनको चेतावनी पनि दिएका छन् । 

यद्यपी प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको र संलग्नको खोजी भइरहेको जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077