Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावी परिणामलाई शान्तिपूर्ण रूपमा स्वीकार्ने रवि लामिछानेको प्रतिबद्धता

चुनावी परिणामलाई शान्तिपूर्ण रूपमा स्वीकार्ने रवि लामिछानेको प्रतिबद्धता

सोमवार , फाल्गुण ११, २०८२

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब ‘भन्नेभन्दा पनि गरेर देखाउने’ दिन नजिकिएको बताएका छन् ।

सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिणामलाई शान्तिपूर्ण रूपमा स्वीकार्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'आउँदो फागुन २१ गते जनताले जे भन्छन्, हामी त्यही स्वीकार गर्न तयार छौँ,' उनले भने, 'जनताले रास्वपालाई बहुमत दिन्छन् र आगामी सरकार रास्वपाको बहुमतको सरकार बन्छ भन्ने हाम्रो विश्वास छ।'

लामिछानेले फागुन २१ को निर्वाचनलाई ‘महाभारत’सँग तुलना गर्दै यो सुशासन र परिवर्तनका लागि निर्णायक क्षण हुने दाबी गरे।

रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डहरूको छानबिन गरिने उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077