काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज झापा जाँदै छन् । पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित उम्मेदवारहरूको चुनावी प्रचार कार्यक्रममा सहभागी हुन उनी पूर्वतर्फ जान लागेका हुन् ।
लामिछानेको सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार उनी बिहान ८ बजे चन्द्रगढी विमानस्थल अवतरण गर्नेछन् ।
त्यसपछि बिहान पौने ९ बजे काँकडभिट्टा, ९ बजे धुलाबारी रोड, साढे ९ बजे बिर्तामोड, १०ः२० बजे सुरुंगा चोक हुँदै ११ बजे दमकमा पुगेर चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।
रास्वपाले आजै इटहरी मा पनि चुनावी सभा आयोजना गरेको छ । उक्त सभामा रवि र बालेन दुवै सहभागी हुने बताइएको छ । पूर्व क्षेत्रमा बढ्दो राजनीतिक प्रतिस्पर्धाबीच रास्वपाले आफ्नो संगठनात्मक शक्ति प्रदर्शन गर्न लागेको हो ।
सभापति लामिछाने भने चितवन २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनी आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर पनि सक्रिय रूपमा प्रचार अभियानमा जुटिरहेका छन्।