Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

साम्बाको उपचारका लागि कांग्रेसले गर्‍यो पाँच लाख सहयोग घोषणा

साम्बाको उपचारका लागि कांग्रेसले गर्‍यो पाँच लाख सहयोग घोषणा

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माले एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ लाई फोनमार्फत खेलाडीको उपचार कोषमा कांग्रेसको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएका हुन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, 'देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नुभएको प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ लाई यतिबेला हामी सबैले साथ दिन जरुरी छ। उहाँलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'

सोमबार साम्बाले आफ्ना समर्थकहरूसँग आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन्।

नेपाली कांग्रेसको यो पहलले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तानलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउने विश्वास गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077