Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछानेले मानेनन् गृह मन्त्रालयको निर्देशन

रवि लामिछानेले मानेनन् गृह मन्त्रालयको निर्देशन

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । रुफटप गाडीमा चुनाव प्रचार गर्न नदिने गृह मन्त्रालयको निर्णयलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लत्याएका छन्। 

चुनावी कार्यक्रममा भाग लिन मंगलबार झापा पुगेका उनी रुफटप गाडीमै बसेर चुनाव प्रचार गरिरहेका छन्। 

यस्तो शैलीले सुरक्षा चुनौती बढाएको भन्दै गत बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले प्रयोग गर्न रोक्ने निर्णय गरेको थियो। 

तर, उनले यस्तो गाडी प्रयोग गर्दा झापाका सिडिओ र एसपी चुप देखिएका छन्। झापा २ मा रवि र इन्दिरा रानाले रुफपटप गाडी प्रयोग गरेर प्रचार गरेका छ्न।

यो निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने र अराजक शैली देखाउनेमा रास्वपा अगाडि देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077