Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानी-अफगान सीमा तनाव चर्कियो, तोर्खाम क्षेत्रमा गोली हानाहान

पाकिस्तानी-अफगान सीमा तनाव चर्कियो, तोर्खाम क्षेत्रमा गोली हानाहान

बुधवार , फाल्गुण १३, २०८२

एजेन्सी । पाकिस्तानी र अफगानबीच मंगलबार पुनः सीमा क्षेत्रमा गोली हानाहान भएको छ । केही दिनअघि पाकिस्तानले गरेको हवाई आक्रमणपछि कमजोर बन्दै गएको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

दुवै पक्षले एकअर्कामाथि झडप सुरु गरेको आरोप लगाएका छन् । २६ सय किलोमिटर लामो साझा सीमामा पछिल्लो समय तनाव बढ्दै गएको छ।

शनिबार र आइतबार पाकिस्तानले गरेको आक्रमणपछि स्थिति झनै जटिल बनेको बताइएको छ। यसअघि अक्टोबरमा भएको घातक झडपपछि कायम रहेको नाजुक युद्धविराम अहिले पुनः जोखिममा परेको छ।

पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मुसर्रफ जैदीले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै अफगान तालिवान अधिकारीहरूले पाकिस्तान–अफगानिस्तान सीमाको तोर्खाम नाका र तिराह उप–क्षेत्रमा गोलीबारी सुरु गरेको आरोप लगाए।

उनका अनुसार पाकिस्तानी सुरक्षा बलहरूले तत्काल जवाफी कारबाही गर्दै आक्रामकता नियन्त्रणमा लिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077