Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विमानस्थल बनाउने भन्दै पूर्वमेयर साम्पाङले रोक्का गरेको जग्गा फुकुवा

विमानस्थल बनाउने भन्दै पूर्वमेयर साम्पाङले रोक्का गरेको जग्गा फुकुवा

बुधवार , फाल्गुण १३, २०८२

धरान । धरान उपमहानगरपालिका-१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ ।

धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय गरेका थिए।

उक्त निर्णयका कारण धरान उपमहानगरपालिका-१७ डाँडाघोपामा करिब एक हजार बढी घरपरिवारको जग्गा रोक्का गरिएको थियो।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको रोक्का हिजो मंगलबारदेखि फुकुवा गरिएको छ।

फुकुवासम्बन्धी निर्णय वडा नं १७ कार्यालय, मालपोत तथा नापी कार्यालयमा पठाइसकिएको कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिए।

डाँडाघोपामा करिब २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित करिब सात बिघा जग्गा खरिद गरेको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077