Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भदौ २३ र २४ मा पहिला गोली चलेपछि सिंहदरबार जलेको रबि लामिछानेको दाबी

भदौ २३ र २४ मा पहिला गोली चलेपछि सिंहदरबार जलेको रबि लामिछानेको दाबी

'सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै मानिसहरू हुन'

शुक्रवार , फाल्गुण १५, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा पहिला गोली चलेको अनि सिंहदरबार जलेको बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अझै पनि सिंहदरबार कसले जलाउने भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै लामिछानेले भने- 'भदौ २३ र २४ मा पहिला गोली चल्यो अनि सिंहदरबार जल्यो। आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो ।'

सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाइएकाले जलेको उनको भनाइ थियो।

लामिछानेले थप भने- 'सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, अरु कोही पनि होइन। '

सिंहदरबार चलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह भएको उनको जिकिर छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077