Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गगन थापाको प्रतिवद्धता- कांग्रेसको सरकार बने सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छ

गगन थापाको प्रतिवद्धता- कांग्रेसको सरकार बने सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छ

'आफ्नो बा भएपनि छोडदैन'

शुक्रवार , फाल्गुण १५, २०८२

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नेतृत्वको सरकार बने सबैभन्दा पहिले पार्टीका निवर्तमान सभापतिको सम्पत्ति छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै थापाले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिले पार्टीका निवर्तमान सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र स्वयमको सम्पत्ति छानविन गर्ने बताएका हुन् ।

उनले भने- 'देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानविन शुरु गर्छ । आफ्नो बा भएपनि छोडदैन । '

सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077