Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले भन्यो: अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्नुहोस्

परराष्ट्र मन्त्रालयले भन्यो: अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्नुहोस्

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । नेपाल सरकारले हाल इजरायल र इरानमा यात्रा नगर्न नेपाली नागरिकहरूलाई आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न आग्रह गरेको हो ।

'इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,'परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको सूचनामा भनिएको छ । 

मन्त्रालयले इजरायल र इरानमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई घरभित्र बस्न, सतर्क रहन, आवश्यक सावधानी अपनाउन, र आफ्नो नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ ।

'सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्,' परराष्ट्र मन्त्रालयले भनेको छ ।

साथै मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि भनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077