Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गगनलाई चन्द्र भण्डारीको सुझाव - राजीनामा होइन, छिटो अधिवेशनमा जाऔँ

गगनलाई चन्द्र भण्डारीको सुझाव - राजीनामा होइन, छिटो अधिवेशनमा जाऔँ

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गगनकुमार थापालाई नैतिकताको नाममा पदबाट राजीनामा दिनुभन्दा छिटो महाधिवेशनमा जाने बाटो रोज्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भण्डारीले अहिलेको अवस्थामा कांग्रेसलाई बचाउनु नै सबैभन्दा ठूलो नैतिक दायित्व भएको बताएका हुन् ।

उनले पार्टीभित्र देखिएका समस्या समाधान गर्न नेतृत्वले जिम्मेवारीबाट पन्छिनुभन्दा संगठनलाई सुधार गर्ने प्रयास गर्नुपर्नेमा जोड दिए ।

भण्डारीका अनुसार कांग्रेसको अधिवेशनको तालिका नियमित रूपमा अघि बढ्न नसक्नुले पनि पार्टीभित्र असन्तुष्टि बढाएको छ। यस्तो अवस्थामा राजीनामा जस्ता कदमभन्दा छिटो अधिवेशनमार्फत पार्टीलाई नयाँ दिशा दिनु उपयुक्त हुने उनको धारणा छ।

उनले अहिलेको राजनीतिक यथार्थ निकै कठोर रहेको उल्लेख गर्दै युवाहरू क्रमशः कांग्रेसबाट टाढिँदै गएको बताए। 'आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,' भण्डारीले लेखेका छन्।

भण्डारीले नेपाली राजनीतिमा नैतिकता कमजोर हुँदै गएको टिप्पणी गर्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ पुस्तालाई अघि ल्याउनुपर्ने आवश्यकता औंल्याए।

'समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो,' उनले भने, 'नेपाली कांग्रेसलाई बचाउने लडाइँ आज पनि सम्भव छ—यदि इच्छाशक्ति र साहस छ भने।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077