Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन महाधिवेशन गर्नुस्

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन महाधिवेशन गर्नुस्

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा दिने भन्दा महाधिवेशनमा चाँडो गर्न सुझाव दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै यस्तो सुझाव दिएका हुन् ।

'अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो। अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैंमा एक नैतिक दायित्व हो । आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो । यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,' उनले लेखेका छन् ।

उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताएका छन्। यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ।

समस्या देखेर भाग्ने भन्दा उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएकाले नेपाली कांग्रेसलाई बचाउने लडाइँ आजपनि सम्भव भएको तर इच्छाशक्ति र साहस जरुरी रहेको बताएका छन्।
 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077