Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चन्द्र भण्डारी भन्छन् - नेपालमा सत्ताको कसी कठिन छ

चन्द्र भण्डारी भन्छन् - नेपालमा सत्ताको कसी कठिन छ

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा सत्ताको अवस्था अत्यन्तै नाजुक र चुनौतीपूर्ण बनेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अहिलेको राजनीतिक नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।

भण्डारीले लोभी, ईर्ष्यालु र साँघुरो सोच भएका नेताहरूका लागि सत्ता केवल द्वन्द्वको माध्यम बनेको उल्लेख गर्दै सत्तालाई “ऐनाजस्तो” संज्ञा दिएका छन्, जुन कुनै पनि बेला चकनाचूर हुन सक्ने खतरा रहेको उनको भनाइ छ। उनले सत्ता सञ्चालनमा ईमानदारी, दूरदृष्टि र उत्तरदायित्वको अभाव हुँदा राज्य संयन्त्र नै कमजोर र “अपाङ्ग” बनेको टिप्पणी गरेका छन्।

उनका अनुसार सत्ताको राप–तापमा विवेक गुम्दा विचौलियाहरूले राज्य संयन्त्रमा कब्जा जमाउने र भ्रष्ट प्रवृत्तिका समूहहरूले मुलुक दोहन गर्ने अवस्था सिर्जना भएको छ। उनले कटाक्ष गर्दै यस्तो प्रवृत्तिलाई ‘चोरी खान पल्केका ढाडे बिरालाहरू’ सँग तुलना गरेका छन्।

भण्डारीले यस्ता विकृतिका कारण अन्ततः नेताकै परिवार कानुनी झमेलामा फस्ने, बन्दी प्रत्यक्षीकरणजस्ता मुद्दा बोकेर अदालत धाउनुपर्ने स्थिति आउने चेतावनी दिएका छन्।

वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले देशमा सकारात्मक परिवर्तनको आवश्यकता औंल्याएका छन्। 'प्रतीक्षा—परिवर्तनको,' भन्दै उनले अन्त्यमा शुभकामना समेत व्यक्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077