Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विगतमा सरकारी नियुक्ति पाएकालाई स्वेच्छाले पद छाड्न चन्द्र भण्डारीको सुझाव

विगतमा सरकारी नियुक्ति पाएकालाई स्वेच्छाले पद छाड्न चन्द्र भण्डारीको सुझाव

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएका व्यक्तिहरूले स्वेच्छाले पद त्याग गर्नु नै उपयुक्त हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बहुमतको सरकार गठन भइरहेका बेला पुराना नियुक्तिधारीहरूले पदमा बसिरहनु उचित नहुने संकेत गरेका हुन् ।

उनले लेखेका छन्, 'बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ, जनताले पत्याइसकेका छन्। विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि।'

नेता भण्डारीले स्वाभिमान र नैतिकताको प्रश्न उठाउँदै ‘हटायो’ भन्ने अवस्था आउन दिनु नहुने बताएका छन्। 'अब लामो सास नफेर, सल्लाह पनि नखोज। ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयाँ नजिर बन्न सक्छ,' उनले उल्लेख गरेका छन्।

उनका अनुसार पद, सुविधा र सुरक्षाको लोभले प्रेरित भएर बसिरहनु उचित नभई स्वाभिमानसहित पद त्याग गर्नु नै सही कदम हुने उनको संकेत छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077