Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसमा गगन नेतृत्वको पहिलो कदम सफल : चन्द्र भण्डारी

कांग्रेसमा गगन नेतृत्वको पहिलो कदम सफल : चन्द्र भण्डारी

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीभित्र देखिएको लामो आन्तरिक रस्साकस्सीपछि सबै पक्ष निर्वाचनमा जान सहमत हुनु र एउटै चुनाव चिन्हमा जानु वर्तमान राजनीतिक परिवेशमा कांग्रेसको ठूलो उपलब्धि भएको बताएका हुन् ।

भण्डारीले यसलाई ‘युवा नेतृत्वको पहिलो कदम सफल’ भएको संज्ञा दिँदै पार्टी एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई यसले प्रमाणित गरेको उल्लेख गरे ।

'जसले जसलाई जुन शब्दले सम्मान गरे पनि, सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिन्हमा जानु नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो,' भण्डारीले भने, 'यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई प्रमाणित गर्दछ । हाम्रो प्रयास सफल भएको छ ।'

उनले अब पार्टीलाई आवेगमा होइन, सहमतिका आधारमा सबै मिलेर समाल्नुपर्ने आवश्यकता औँल्याए । आन्तरिक मतभेदलाई थाती राख्दै संगठन मजबुत बनाउनेतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077