Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सोविता गौतमद्वारा चुनावी खर्च विवरण सार्वजनिक, झण्डै १० लाख खर्च

सोविता गौतमद्वारा चुनावी खर्च विवरण सार्वजनिक, झण्डै १० लाख खर्च

बिहिवार , फाल्गुण २८, २०८२

चितवन । सोविता गौतम बिजयीले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेकी छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन-३ बाट निर्वाचित गौतमले बिहीबार निर्वाचन अभियानमा भएको खर्चको विवरण सार्वजनिक गरेकी हुन्।

निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले निर्वाचन अभियानमा भएको खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निकायमा बुझाउनुपर्ने प्रावधान रहेको छ।

सोहिअनुसार गौतमले निर्वाचन अभियानमा कुल ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन्। विवरणमा मनोनयन दर्ताका लागि ५ हजार रुपैयाँ, प्रचार–प्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रममा ३० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ।

त्यसैगरी, नमुना मतपत्र र घोषणापत्र छपाइका लागि ७४ हजार २०० रुपैयाँ, वडास्तरीय प्रचार कार्यक्रमका लागि १ लाख रुपैयाँ तथा सवारी साधन प्रयोगमा ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

विवरणमा सचिवालय सञ्चालनका लागि स्टेशनरी खरिदमा २३ हजार ४४५ रुपैयाँ तथा खाद्यान्न, रासन र पिउने पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको समेत जनाइएको छ।

गौतमले निकटतम प्रतिस्पर्धी भरतपुर महानगरकी पूवमेयर उम्मेदवार नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले पछि पर्दै जित हासिल गरेकी थिइन् । 

गौतमले ५९ हजार २ सय ७७ मत ल्याउदा दाहालले भने २० हजार ६ सय १५ मत ल्याएकी थिइन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077