Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन दिनभित्र समानुपातिक सांसदको नाम बुझाउन दलहरूलाई आयोगको पत्राचार

तीन दिनभित्र समानुपातिक सांसदको नाम बुझाउन दलहरूलाई आयोगको पत्राचार

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनको सम्पूर्ण मतपरिणाम आएसँगै ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ वटा दललाई उम्मेदवार छनोट गरी पेस गर्न आयोगले बिहीबार पत्राचार गरेको हो ।

आयोगले निर्धारण गरेको सिट संख्याअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५७ जना सांसदको नाम पठाउनुपर्नेछ।

त्यस्तै, नेपाली कांग्रेसले २०,  नेकपा एमालेले १६ र नेपाली कम्युनिस्ट पार्टीले ९ जनाको नाम सिफारिस गर्नुपर्नेछ । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ जना सांसदको नाम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077