Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

आइतवार , चैत्र १, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । 

लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरु उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई फाल्गुण २८ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । 

बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । 

साथै, विगतका वर्षहरुमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ । 

शान्ति सेवा गृह, काठमाडौंमा रहेका यी विद्यार्थीहरुलाई गरिएको शैक्षिक सामग्री सहयोगले उहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077