Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक बस्दै, जाँचबुझ आयोगको प्रतिवेदन पेस हुने

मन्त्रिपरिषद बैठक बस्दै, जाँचबुझ आयोगको प्रतिवेदन पेस हुने

'प्रतिवेदन पारित गरे पनि कार्यान्वयन भने नयाँ सरकार गठनपछि मात्रै हुने'

आइतवार , चैत्र १, २०८२

काठमाडौं । नियमित रुपमा सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ ।  

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्नका लागि बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि विशेष अदालतका पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। 

कार्की नेतृत्वको आयोगलाई भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यादेश तोकिएको थियो । जसका लागि आयोगले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न १०० भन्दा बढी व्यक्तिसँग बयान लिएको छ ।

आयोगले जेनजी आन्दोलनमा भएको हत्या, तोडफोड, आगजनीलगायत विषयमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा प्रमुखहरू, मुख्यसचिव, सचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख, सुरक्षामा खटिएका कमान्डर र अभियन्तासँग समेत बयान लिएको थियो ।

आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने दुई हजार ४२९ जना घाइते भएका थिए ।

तोडफोड, आगजनीसहितका विध्वंसात्मक कार्यबाट सार्वजनिक तथा निजी क्षेत्रमा गरी ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी अनुमान छ ।

जाँचबुझ आयोगले  प्रधानमन्त्री सुशीला कार्कीसमक्ष फागुन २५ गते नै प्रतिवेदन बुझाइसकेको छ । 

कुल करिब नौ सय पृष्ठको रहेको र अनुसूचीहरूसमेत गरेर गरेर १० हजार बढी पृष्ठ रहेको उक्त प्रतिवेदनमा २ सय बढीको बयान छ ।

प्राप्त प्रमाणको आधारमा आयोगले भदौ २३ र २४ को घटनामा दोषी देखिएकाहरूमाथि कार्वाहीको सिफारिस गरेको आयोगले जनाएको छ । 

उक्त प्रतिवेदनमा तत्कालिन गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी र तत्कालीन प्रहरी महानिरीक्षक माथि समेत कारबाहीको सिफारिस भएको बुझिएको छ। यद्यपि, यी विषयको हालसम्म आधिकारिक पुष्टि भएको छैन ।

प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदन पाए लगत्तै मन्त्रिपरिषद्मा पेश गर्ने बताएकी थिइन् । 

तर, त्यसयता मन्त्रिपरिषद्को बैठक बसेको थिएन् । यसका लागि आज वर्तमान मन्त्रिपरिषद्को अन्तिम बैठक आज बस्दैछ ।

बैठकमा उक्त प्रतिवेदन पारित गर्दै कार्यान्वयनमा लैजाने सरकारको तयारी छ ।

उक्त बैठकले प्रतिवेदन पारित गरे पनि कार्यान्वयन भने नयाँ सरकार गठनपछि मात्रै हुने छ ।

प्रधानमन्त्री सुशीला कार्कीले एक अन्तर्वार्तामा भनेकी छिन्- 'अब हामीसँग धेरै समय पनि छैन । नयाँ जनादेश आइसकेको छ । नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ ।'

 केहिदिन यता जेनजी अगुवाहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै दबाब समेत दिन थालेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077