Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जनताको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

जनताको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

सोमवार , चैत्र २, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनताले दिएको निर्वाचन परिणामलाई एमालेले पूर्ण रूपमा सम्मान गर्ने बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग गरिएको ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको नतिजालाई एमालेले सकारात्मक रूपमा लिएको बताएका हुन्।

महासचिव पोखरेलले आममतदाताले एमालेसँग सम्बन्धविच्छेद नगरेको भन्दै पार्टीप्रति जनताको विश्वास अझै कायम रहेको दाबी गरे। उनले निर्वाचनका क्रममा अध्यक्ष केपी शर्मा ओली र एमालेविरुद्ध ‘नयाँ र पुरानो अनुहार’ भन्ने नारामा आधारित प्रचार गरी मतदातालाई भ्रमित पार्ने प्रयास गरिएको आरोप लगाए।

उनले छोटो समयमा लोकप्रियता हासिल गर्ने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने राजनीतिक प्रवृत्ति दीर्घकालीन रूपमा सफल नहुने पनि बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077