Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा अपराध बढ्दो : लागूऔषध, बैंकिङ कसुर र आत्महत्याका घटना उच्च

कैलालीमा अपराध बढ्दो : लागूऔषध, बैंकिङ कसुर र आत्महत्याका घटना उच्च

मंगलवार , चैत्र ३, २०८२

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले फागुन महिनामा भएका अपराध अनुसन्धान, शान्ति–सुरक्षा तथा जनचेतनामूलक गतिविधिसहितको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले प्रेस विज्ञप्तिमार्फत फागुन महिनाभरि सञ्चालन गरिएका गतिविधि र अपराधसम्बन्धी तथ्यांक सार्वजनिक गरेका हुन् ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार फागुन महिनामा विभिन्न प्रकृतिका १ सय ४७ वटा अपराधका मुद्दा दर्ता भएका छन् । जसमा ज्यानसम्बन्धी २२, आत्महत्या २४, चोरी ९, संगठित तथा आर्थिक अपराध ६४, सामाजिक अपराध १७, महिला तथा बालबालिका सम्बन्धी ५, सवारी ज्यान ५ र अन्य १ रहेका छन् ।

त्यस्तै जघन्य तथा गम्भीर अपराधतर्फ ३५ वटा घटना दर्ता भएका छन् । जसमा कर्तव्य ज्यान २, बैंकिङ कसुर २५, जुवातास ३, तथा महिला-बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ५ घटना रहेका छन् ।

फागुन महिनामा लागूऔषध सम्बन्धी ३३ मुद्दा दर्ता भएको डीएसपी तिमिल्सिनाले जानकारी दिए । सो क्रममा २ महिला र ४८ पुरुष गरी ५० जना पक्राउ परेका छन् ।

उनीहरुबाट गाँजा १२ ग्राम ८५० मिलिग्राम, चरेस २ केजी ६० ग्राम र खैरो हेरोइन ६३ ग्राम ६०० मिलिग्राम बरामद गरिएको छ । जिल्लामा फागुन महिनामा २४ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

जसमध्ये ८ पुरुष, ९ महिला र ७ बालिका रहेका छन् । प्रहरीका अनुसार सो अवधिमा ५० जना हराएको उजुरी परेको छ भने ४३ जना फेला परेका छन्।

फागुनमा घरेलु हिंसाका ३४ उजुरी दर्ता भएका छन् । तीमध्ये २९ वटा मिलापत्र भएका छन् भने कुनै पनि मुद्दा अदालतसम्म पुगेको छैन।

अपराध न्यूनीकरणका लागि प्रहरीले फागुन महिनामा १४४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यस्तै फागुनमा कुल ५५ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु र ७९ जना घाइते भएका छन् ।

सवारी नियम उल्लंघन गर्ने एक हजार १४६ वटा सवारी साधनलाई कारबाही गरी १० लाख १६ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।

साथै अवैध भन्सार छली नियन्त्रणतर्फ ६३ लाख ९६ हजार ०१५ रुपैयाँ बराबरको सामान बरामद गरी ४ जनालाई पक्राउ गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077