एजेन्सी । इरानले इजरायललाई आफ्ना पूर्वाधारमा फेरि आक्रमण भए यसपटक कुनै पनि संयम नअपनाइने चेतावनी दिएको छ ।
इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै यस्तो चेतावनी दिएका हुन् ।
इजरायलले इरानी पूर्वाधारमा आक्रमण गरेको र त्यसको प्रतिकारस्वरूप आफूहरूले आफ्नो शक्ति केवल सीमित रूपमा प्रयोग गरेको उनको भनाइ छ ।
उनले तनाव घटाउन गरिएको आग्रहका कारण मात्रै पूर्ण प्रतिक्रिया नदिइएको उल्लेख गरे ।
दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण भएपछि इरानले खाडी क्षेत्रमा अमेरिकासँग सम्बन्धित तेल तथा ग्यास रिफाइनरीहरूमा आक्रमण गरेको जनाइएको छ।