'प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रूपमा नै रहन्छ'
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको जवाफदेही प्रधानमन्त्री नहुने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले जेनजी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष यस्तो बयान दिएका हुन् ।
ओलीले आयोगसमक्ष दिएको बयानमा प्रधानमन्त्रीले प्रहरीलाई आदेश नदिने र त्यसको लागि गृहमन्त्रालय रहेको उल्लेख गरिएको छ ।
‘प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रूपमा नै रहन्छ । तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन,' ओलीले आयोगलाई दिएको बयानका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।
ओलीले आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रूपमा घटाएको उक्त घटनामा युवाहरुको हताहती दाबी गरेको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपी भदौ २३ गतेको शान्तिपूर्ण र्यालीमा तत्कालीन सरकारले हस्तक्षेप गर्दा भदौ २४ गतेको ठुलो घटना भएको भन्दै विरोध हुँदै आएको छ ।
ओली त्यतिबेला प्रधानमन्त्रीको भुमिका रहेका थिए । उनले सुरक्षा संयन्त्रले हामी सक्दैनौँ भनेपछि मात्रै पदबाट राजिनामा दिएका थिए ।