Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस सभापति थापाले पनि दिए प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई बधाई

कांग्रेस सभापति थापाले पनि दिए प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई बधाई

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सभापति थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ सहित मन्त्रीहरुलाई बधाई दिएका हुन् ।

'हार्दिक बधाइ तथा शुभकामना ! नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ,' उनले लेखेका छन् ।

शुभकामना दिँदै सरकारले गरेका हरेक सकारात्मक प्रयासहरुमा आफूहरुको सहयोग र साथ रहने पनि बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077